+
+

मिटरब्याज पीडित र स्थानीयबीच मकवानपुरमा झडप, २१ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते २०:२९
मिटरब्याज पीडितहरुको मार्चको एक तस्वीर ।

१ फागुन, हेटौंडा । न्याय मार्चमा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच मनकवानपुरमा झडप भएको छ । झडपका क्रममा २१ जना घाइते भएका छन् ।

मिटरब्याजको समस्या समाधान नभएको भन्दै पीडितहरुले १६ माघमा पूर्वको काकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट न्याय मार्च थालेका थिए । काकडभिट्टाबाट पैदल हिँडेर आएको मिटरब्याज पीडितको समूह मकवानपुरको मनहरी पुलमा आइपुग्दा स्थानीय एक समूहसँग विवाद भएको थियो ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका संयोजक अवधेश कुशवाहका अनुसार गाडी राखेर बाटो अवरोध गरेपछि विवाद सुरु भएको थियो । त्यसक्रममा झडप भएको उनले बताए । झडपमा घाइते भएकाहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।

घाइते हुनेहरुमा धेरैजसो मिटरब्याज पीडित छन् भने केही स्थानीय छन् ।

बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णु केसीले पनि घटनाको पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?