+
+

स्वयम्भूमा अक्षरारम्भ (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० फागुन २ गते १०:५८

२ फागुन, काठमाडौं । आज माघ शुक्ल पञ्चमी, अर्थात श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ ।

काठमाडौंको नील सरस्वतीमा पनि श्रीपञ्चमीको अवसरमा भक्तजनहरुको बाक्लो उपस्थिति छ । आज बिहानैदेखि स्नान गरी मन्दिरमा गइ पूजा आराधना गर्नेहरुको भीड लागेको छ ।

काठमाडौं उपत्यकासहित देशभरका सरस्वती र देवी मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नेहरुको उल्लेख्य भीड रहेको छ ।

वैदिक सत्य सनातन धर्मावलम्वीहरुले आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरेर वसन्त पञ्चमी मनाउँछन् ।

वसन्त ऋतुको सुरुआत हुने भएकाले वसन्त पञ्चमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने विश्वास छ ।

विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास छ ।

आज काठमाडौंको स्वयम्भूनाथमा अभिभावकले बालबालिकालाई अक्षर लेख्न सिकाएका छन् ।

     

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?