+
+

सेलिब्रेटी, जो खुलेरै प्रेम सम्बन्धमा छन्

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १२:१९

काठमाडौं । फेब्रुअरी १४ मा संसारभर भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय यो विश्वभर पर्वकै रुपमा स्थापित भइसकेको छ । विशेषगरी युवायुवतीले नेपालमा पनि उत्साहका साथ यो दिनलाई मनाउने गर्छन् ।

प्रेम साटासाट गरी मनाइने भ्यालेन्टाइन्स डेमा प्रेमको समेत चर्चा हुन थालेको छ । पछिल्लो समय त यसले व्यावसायिक आकार पनि लिन थालेको देखिन्छ ।

तेस्रो शताब्दीमा रोमन साम्राज्यमा प्रेम गरेबापत फाँसीको सजाय दिइएका सन्त भ्यालेन्टाइनको स्मरणमा संसारभर ‘भ्यालेन्टाइन्स डे’ मनाउने गरिन्छ । पश्चिमेली समाजमा सन्त भ्यालेन्टाइनलाई प्रेमका शहीदको रुपमा लिइन्छ । जेलमा रहेका एक बन्दीकी छोरीलाई दृष्टि प्रदान गरेको भन्दै रोमन साम्राज्यमा उनलाई सजाय दिइएको थियो ।

फाँसी पाउनुअघि सन्त भ्यालेन्टाइनले प्रेमिकालाई गुडबाइ भन्दै पत्र पनि लेखेका थिए । अर्को एक किम्बदन्तीअनुसार सन्त भ्यालेन्टाइनले विवाह गर्न बर्जित क्रिश्चियन महिला सैनिकसँग विवाह गरेका थिए ।

१८ औं शताब्दीमा इङ्ल्याण्डबाट सन्त भ्यालेन्टाइनको स्मरणमा प्रेमजोडीले प्रेम अभिव्यक्त गर्दै भ्यालेन्टाइन मनाउन थाले । उनीहरुले फूल, चलकेट र ग्रिटिङ्स कार्डका उपहार मनपर्ने मान्छेलाई पठाउँदै भ्यालेन्टाइन मनाउन गर्थे । त्यसपछि संसारभर फेब्रुअरी १४ मा प्रेम दिवस मनाउन थालियो ।

नेपाली सेलिब्रिटी, जो प्रेममा छन्

सर्वसाधारणदेखि सेलिब्रेटीसम्मलाई प्रेमको ज्वरोले नछुने कुरै भएन । केही कलाकार यस्ता छन् जसले खुलेरै प्रेम सम्बन्ध गाँसिरहेका छन् । केही यस्ता छन् जो गुपचुप रुपमै प्रेम सम्बन्ध गाँसिरहेका छन् । यहाँ केही प्रेम सम्बन्धमा रहेका सेलिब्रेटीको चर्चा गरिन्छ, जसले खुलेरै प्रेमलाई स्वीकारेका छन् ।

सविन श्रेष्ठ र अनु शाह

केही वर्षदेखि अभिनेता सविन र अभिनेत्री तथा मोडल अनु खुलेरै प्रेम सम्बन्धमा छन् । यी दुईले सन् २०२४ भित्र विवाह गर्ने वाचा समेत गरेका छन् । भ्यालेन्टाइन्स डेमा सविनले अनुसँगको फोटो सेयर गर्दै प्रेम दिवसको शुभकामना पनि बाँडेका छन् । सविन र अनु पहिलोपटक होलीको फोटोसुटमा भेट भएका थिए । त्यसबेला सविन फिल्म ‘रावण’को छायांकनमा व्यस्त थिए । भेटमा फोन नम्बर साटासाट भएको र फ्रेन्डसिप सुरुवात भएको अनु बताउँछिन् ।

‘भेट्ने र कफी पिउने हुँदाहुँदै मित्रता गाढा भयो,’ उनले भनिन् । फिल्म ‘लक्ष्य’देखि भने एकअर्कालाई गम्भीर रुपमा लिन थालेको उनी बताउँछिन् ।

सुशान्त केसी र आना शर्मा

युवापुस्तामा चर्चित गायक सुशान्त र पछिल्लो छिमलकी व्यस्त अभिनेत्री आना केही वर्षयता प्रेम सम्बन्धमा छन् । उनीहरुले खुलेरै प्रेम सम्बन्धलाई अभिव्यक्त गरिरहेका छन् । उनीहरुले घुमघामदेखि गेट-टुगेदरका फोटो पनि सेयर गर्ने गरेका छन् । यी दुईले केही म्युजिक भिडियोमा समेत सहकार्य गरेका छन् ।

नितेशजंग कुँवर र समृद्धि राई

यो जोडीले पनि खुलेर प्रेम अभिव्यक्त गरिरहेको छ । गत वर्ष यी दुईले खुलेरै आफूहरु सम्बन्धमा रहेको बताएका थिए । संगीत क्षेत्रको यो जोडीले सांगीतिक सहकार्य पनि गरिरहेको छ ।

आकाश श्रेष्ठ र करुणा श्रेष्ठ

सार्वजनिक रुपमा खुलेर नभने पनि यी दुईबीच प्रेम सम्बन्ध ‘ओपेन सेक्रेट’जस्तै छ । भनिन्छ, मायालाई लुकाएर लुकाउन सकिंदैन । यस्तै भएको छ, यी दुईबीचको सम्बन्ध । अभिनेता आकाश र अभिनेत्री (सयकडा दशबाट डेब्यु) तथा मोडल करुणा पछिल्लो समय म्युजिक भिडियोमै व्यस्त छन् ।

पूजा शर्मा र युद्ध बानियाँ

अभिनेत्री पूजा शर्मा र व्यवसायी युद्ध बानियाँ तीन वर्षदेखि प्रेम सम्बन्धमा छन् । आउने वर्ष विवाह गर्ने उनीहरुको तयारी छ । उनीहरुको पहिलो भेट नै भ्यालेन्टाइन्स डेमा भएको थियो । यी दुईले मिलेर पछिल्लो समय ललितपुरको झम्सिखेलमा ट्याग नामक रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन् । यी दुईले खुलेरै प्रेम अभिव्यक्त गरिरहेका छन् ।

परमिता राणा र मलयालम प्रेमी

गत भदौमा अभिनेत्री तथा मोडल परमिता राणाले ‘हाइ सोलमेट’ भन्दै प्रेमी चिनाएकी थिइन् । यी दुवैजना अहिले मुम्बईमा छन् र त्यहीं काम पनि गर्छन् । उनले उक्त पोस्टमा आफूहरु कपलको रुपमा रहेको बताएकी थिइन् । उनका प्रेमी भारतको मलयालमका युवा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?