+
+

अभिनेत्री नन्दिता केसीले गरिन् इन्गेजमेन्ट, आउँदो शनिबार विवाह

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १२:५२

काठमाडौं । अभिनेत्री नन्दिता केसीले प्रेमी अरविन्द्र कटवालसँग इन्गेजमेन्ट गरेकी छन् । केही दिनअघि क्यानडामा यी दुईबीच इन्गेजमेन्ट भएको बताइएको छ ।

मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौंमा रहेको जनाइएको छ । सामाजिक संजालमा प्रेमीसँगको तस्वीर सेयर गर्दै आफूले उनको प्रेम स्वीकारेको उल्लेख गरेकी छन् ।

यी दुईले आगामी शनिबार विवाह गर्ने जनाइएको छ ।

यी दुईबीच ६ महिनाअघि भेट भएको थियो । यी दुईले मागी विवाह गर्न लागेका हुन् । आइतबार राती आफू सिंगल नरहेको उल्लेख गर्दै नन्दिताले फियोन्से कटवालसँगको फोटो सेयर गरेकी थिइन् ।

नन्दिता पनि लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । विवाहका लागि उनी यतिबेला काठमाडौंमा छिन् । ३४ फिल्ममा अभिनय गरेकी उनको डेब्यु फिल्म ‘इन्द्रेणी’ थियो । उनको पछिल्लो ‘जंगबहादुरको कोट’ सात वर्षअघि रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?