+
+
Shares

दाङमा ३ महिनादेखि ग्यासको अभाव छ : सांसद सुवेदी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले प्रतिनिधिसभामा दाङमा तीन महिनादेखि ग्यासको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
  • उनले ‘दाङमा तीन महिनादेखि ग्यासको अभाव हुनु सामान्य विषय होइन’ भन्दै ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न आग्रह गरे ।
  • सुवेदीले तत्काल बजार अनुगमन गरी कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कारबाही गर्न पनि भने ।

२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले दाङमा तीन महिनादेखि ग्यासको अभाव रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो विषयमा सरकारको ध्यानाकर्षण गरे ।

‘दाङमा तीन महिनादेखि ग्यासको अभाव हुनु सामान्य विषय होइन’ उनले भने, ‘सरकारसँग आग्रह गर्दछु– ग्यासको सहज आपूर्ति सुनिश्चित गरियोस् । तत्काल बजार अनुगमन गरियोस् । कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कारबाही गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?