+
+
Shares

रास्वपा सांसदको प्रस्ताव- संघीय सरकारको प्रशासनिक राजधानी दाङ बनाऔं

उनले अगाडि थपे, ‘एसियाकै ठूलो उपत्यका छ, दाङ उपत्यका । त्यहाँ प्रशासनिक राजधानीको लागि भविष्यमा एउटा अध्ययन अनुसन्धानको प्रणालीको पनि विकास गरौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १७:२५

२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद कमल सुवेदीले दाङ उपत्यकालाई संघ सरकारको प्रशासनिक राजधानी बनाउन प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।

सांसद सुवेदीले प्राकृतिक विपद्बाट बच्नका लागि जोखिमयुक्त बस्तीको जोखिम नक्सांकन गर्नुपर्ने र जमिनहरू कति बस्न लायक छन् यकिन गरेर नीति बनाउनुपर्नेमा जोड दिए ।

यसक्रममा दाङलाई संघ सरकारको प्रशासनिक राजधानी बनाउने प्रस्ताव राखेका हुन् ।

‘एउटा मेरो प्रस्ताव पनि छ । यो काठमाडौं राजधानी अहिले छ । विपद्को हिसाबले हेरौं वा अन्य जनघनत्वको हिसाबले हेरौं,’ सांसद सुवेदीले भने, ‘यसलाई पनि अब पुनर्विचार गर्ने हो कि !’

उनले अगाडि थपे, ‘एसियाकै ठूलो उपत्यका छ, दाङ उपत्यका । त्यहाँ प्रशासनिक राजधानीको लागि भविष्यमा एउटा अध्ययन अनुसन्धानको प्रणालीको पनि विकास गरौं ।’

वीरगञ्जलाई औद्योगिक राजधानीको रूपमा हेर्न सकिने पनि उनले बताए ।

सुवेदी दाङ–३ बाट निर्वाचिन प्रतिनिधिसभा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?