+
+
Shares

कर्णाली विकास बैंकमा बचत कर्ताको ४ अर्ब ६४ करोड निक्षेप जोखिममा छ : सांसद सुवेदी

रास्वपा सांसद कमल सुवेदीले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा बचतकर्ताको रकम जोखिममा परेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद कमल सुवेदीले कर्णाली डेभलपमेन्ट बैंकमा बचतकर्ताको ४ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी रकम जोखिममा परेको बताएका छन् ।
  • बैंकमा १७ हजारभन्दा बढी सर्वसाधारण र ६ हजार संघसंस्थाको निक्षेप जोखिममा परेको सांसद सुवेदीले संसद्‌मा जानकारी दिए ।
  • उनले निक्षेपकर्ताको रकम तत्काल फिर्ता गराउन र दोषीलाई कानून बमोजिम कारबाही गर्न सरकार तथा नेपाल राष्ट्र बैंकसँग माग गरे ।

२९ जेठ, काठमाडौं । रास्वपा सांसद कमल सुवेदीले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा बचतकर्ताको रकम जोखिममा परेको बताएका छन् ।

संसद्‌मा बोल्दै सांसद सुवेदीले भने, ‘दाङ, बाँके, बर्दिया लगायत देशभरिका हजारौँ नागरिकहरूको पीडा यस गरिमामय सदनसमक्ष राख्न चाहान्छु । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड’ले आफ्ना निक्षेपकर्ताहरूको बचत रकम फिर्ता गर्न नसकेको र रकम अपचलन भएको विषय अत्यन्तै चिन्ताजनक छ ।’

१७ हजार १ सय ५६ जना सर्वसाधारण र ६ हजारभन्दा बढी संघ–संस्थाको गरी झण्डै ४ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको निक्षेप जोखिममा परेको उनको दाबी छ ।

‘भविष्यको सहाराका लागि नागरिकहरूले जम्मा गरेको जीवनभरिको कमाइ फिर्ता नपाउँदा उहाँहरू गम्भीर मानसिक र आर्थिक पीडामा पर्नुभएको छ,’ सुवेदीले भने, ‘सरकार र नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । दोषीहरूमाथि कानुन बमोजिम कडा कारबाही गरियोस् ।’

निक्षेपकर्ताहरूको रकम यथाशीघ्र फिर्ता हुने व्यवस्था तत्काल मिलाउन उनले माग गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?