+
+
Shares

सरकारले ग्यास छैन, दाउरा खोजेर भात पकाएर खाउ भनोस् : आशिका तामाङ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद आशिका तामाङले ग्यास अभावबारे दैनिक हजारौं कल आउने र पसलमा ग्यास भएर पनि बेच्न नमानेको गुनासो आएको बताइन्।
  • उनले सरकारभन्दा ठूलो माफिया नै हो कि भन्दै सभामुखमार्फत जवाफ खोज्दै ग्यास छैन भने सरकारले घोषणा गरेर दाउरा खोजेर भात पकाउन भन्नुपर्ने बताइन्।
  • तामाङले ग्यासका लागि मात्रै मन्त्री परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीको लाइन बढी हुने बताइन्।

२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले ग्यास अभावको विषयलाई लिएर आफूलाई दैनिक हजारौं कल आउने गरेको बताएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पसलमा ग्यास भए पनि पसलेले ग्यास बेच्न नमानेको भनेर पनि जानकारी आउने गरेको बताइन् ।

‘यो त लासामा सुन छ कान मेरो बुच्चै छ जस्तो भएन र सभामुख महोदय ?’ उनले भनिन्, ‘के यो देशमा सरकार भन्दा ठूलो माफिया नै हो त ? यसको जवाफ यस सदनको सबैभन्दा नजिकको व्यक्तित्व सभामुखज्यूबाट नै पाउनेछु भनेर आस गरेको छु ।’

पसलमा भएको ग्यास हेरेर भोकभोकै बस्नुपर्ने दिन ल्याउनकै लागि रास्वपालाई जनताले दुई तिहाइको मत दिएर पठाएको हो त ? भनेर पनि उनले प्रश्न गरिन् ।

ग्यास छैन भने सरकारले छैन भनेर घोषणा गरेर जनतालाई दाउरा खोजेर भात पकाएर खाउ भन्नुपर्ने उनको आग्रह छ ।

होइन भने ग्यासको लागि मात्रै मन्त्रि परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीको लाइन बढी हुने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?