+
+

सुदूरपश्चिमले जित्यो अन्डर-१९ राष्ट्रिय टी-ट्वान्टी क्रिकेटको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १६:३९

३ फागुन, बाँके।  सुशील कोइराला मेमोरियल अन्डर-१९ राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर-११ लाई २ विकेटले पराजित गर्‍यो ।

कोहलपुर क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा कोहलपुर मेयर-११ ले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले ८ विकेट गुमाएर अन्तिम बलमा भेटायो । अन्तिम बलमा १ रन आवश्यक हुँदा हिसिला खड्काले चौका प्रहार गर्दै सुदूरपश्चिमलाई जिताइन् ।

सुदूरपश्चिमको लागि ओपनर मनिषा बोहराले सर्वाधिक ४१ रन बनाइन् । प्लेयर अफ द म्याच घोषित बोहराले ४१ बलमा ५ चौका प्रहार गरिन् ।

कप्तान स्नेहा महराले १६ रन, निलम पाण्डेले ९ रन, रबिना साउद र अनु कडायतले समान ८ रन तथा हिसिला खड्काले अविजित ६ रन बनाए ।

यसअघि टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर-११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनायो ।

कोहलपुरको लागि कप्तान सना प्रविनले सर्वाधिक ४१ रन योगदान दिइन् । ओपनिंग ब्याटिङ गरेर अविजित रहँदै प्रविनले ५४ बलमा ३ चौका मद्दतले ४१ रन बनाएकी थिइन् । रिया शर्माले अविजित १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाए ।

सुदूरपश्चिमको बलिङमा अनु कडायत र स्नेहा महराले २/२ विकेट लिए । अनुले ४ ओभरमा २८ रन तथा स्नेहाले ४ ओभरमा १ मेडन गर्दै ८ रन खर्चिन् ।

उपाधि सहित सुदूरपश्चिम प्रदेशले एक लाख रुपैयाँ हात पार्‍यो । उपविजेता कोहलपुर मेयर-११ ले पचास हजार रुपैयाँ पायो ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी कोहलपुर मेयर-११ कि कप्तान सना प्रविन भइन् र उनले १५ हजार रुपैयाँ हात पारिन् ।

उत्कृष्ट बलर गण्डकी प्रदेशकी रचना चौधरी तथा उत्कृष्ट ब्याटर कोहलपुर मेयर-११ कि सना प्रविन घोषित भए । उनीहरुले समान ५ हजार रुपैयाँ प्राप्त गरे । उदयमान प्रतिभा सुदूरपश्चिम प्रदेशकी सावित्री धामी घोषित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?