+
+

बागमतीले जित्यो मैयाँदेवी कपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १६:४९

१९ माघ, काठमाडौं । बागमती प्रदेशले मैयाँदेवी यू-१९ कप राष्ट्रिय प्रतियोगिता उपाधि जितेको छ ।

बागमतीले फाइनलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै उपाधि जितेको हो ।

जितको लागि पाएको ८५ रनको लक्ष्य बागमतीले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । बागमतीको जितमा सोनी पाख्रिन र सबिका कुमारी यादवले २०–२० रन बनाइन् ।

एलिसा खड्का १५ रनमा आउट भएकी थिइन् । गण्डकीकी सिमाना केसीले १ विकेट लिइन् ।

त्यसअघि भरतपुरमा निर्माणधित गौतमबुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकी प्रदेशले २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।

गण्डकीकी ज्योत्स्निका मरासिनीले ४१ बलमा ३ चौकासहित ३७ र सीमाना केसीले २१ रन बनाइन् । बागमतीकी विपिशा शाही र मनिषा उपाध्यायले १–१ विकेट लिइन् । प्रतियोगितामा ७ प्रदेश टोलीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?