+
+

प्रधानमन्त्री कप महिला क्रिकेट पुस ५ देखि, पहिलोपटक राउण्ड रोविनका आधारमा हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते ११:४१

३० मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट पुस ५ गतेदेखि सुरु हुने भएको छ  ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअन्तर्गत नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा हुने प्रधानमन्त्री कप महिला क्रिकेट पहिलो पटक राउण्ड रोविन प्रणालीमा खेलाइने भएको छ ।

क्यानले शुक्रबार स्टेटमेन्ट जारी गर्दै प्रतियोगिता पुस ५ देखि १८ गतेसम्म हुने जनाएको छ । यस्तै इतिहासमै पहिलो पटक राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली एपीएफ गरी ८ टोली सहभागी हुनेछन । जहाँ सबैले एक आपसमा एक/एक पटक खेल्नेछन् ।

राउण्ड रोविनपछि प्लेअफ र फाइनल खेल हुने क्यानले जनाएको छ । शीर्ष दुई टोलीबीच क्वालिफायर हुनेछ र विजेता फाइनल पुग्नेछ । यस्तै तेस्रो र चौथो हुनेले एलिमिनेटर खेल्नेछन् ।

पहिलो क्वालिफायरको पराजित हुने टोद्यी र एलिमिनेटरको विजेताबीच दोस्रो क्वालिफमयर हुनेछ ।

१४ दिन चल्ने प्रतियोगितामा कूल ३२ खेल हुनेछ । पछिल्लो पटक भएको प्रधानमन्त्री कप महिला क्रिकेट सुदूरपश्चिम प्रदेशले जितेको थियो ।

प्रतियोगिता टीयू र मुलपानीको मैदानमा हुनेछ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?