+
+

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, आन्दोलन पनि एजेण्डा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १८:०१
एमाले सचिवालय बैठकको फाइल तस्वीर ।

३ फागुन, काठमाडौं । नेकपा एमालेले फागुन दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले फागुन ८, ९ र १० मा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

महासचिव शंकर पोखरेलका अनुसार बैठकमा राजनीतिक स्थिति समीक्षा गर्नुका साथै संगठनात्मक कामको प्रतिवेदन पेश हुनेछ ।

यसका साथै संगठन शुद्धीकरण र सुदृढीकरणका लागि कार्ययोजना बनाउने पनि एजेण्डा छ । ‘जनतामा आधारित कार्यकर्ता पार्टी निर्माणका सन्दर्भमा कस्तो ढाँचाबाट व्यवस्थित गर्न सकिन्छ भनेर छलफल गर्नेछौं’ पोखरेलले भने ।

गठबन्धनको सरकारले राष्ट्रिय हित, जनसरोकार र सुशासनका प्रश्नमा गम्भीर विचलन देखाएको ठहर गर्दै एमालेले जनपरिचालन गर्ने र दबाव दिने अभियानलाई पनि केन्द्रीय कमिटी बैठकको एजेण्डा बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?