+
+

पार्टी कार्यालय बनाउन एमालेले सदस्यहरुबाट १०० रुपैयाँ उठाउने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १८:०५
हाल एमालेले पार्टी कार्यालयको रुपमा प्रयोग गरिरहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन ।

३ फागुन, काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय बनाउन पार्टी सदस्यहरुबाट कम्तिमा १०० रुपैयाँ संकलन गर्ने भएको छ ।

बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले आसन्न केन्द्रीय कमिटी बैठकमा पार्टी कार्यालय निर्माणका लागि आर्थिक सहयोग संकलनलाई पनि एजेण्डा बनाउने निर्णय गरेको हो ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘पार्टी सदस्यहरुबाट न्यूनमत १०० रुपैयाँ संकलन गर्ने प्रस्ताव लिएर हामी जाँदैछौं ।’

एमाले प्रचार विभाग प्रमुखमा राजेन्द्र गौतमका अनुसार पार्टी कार्यालय कहाँ बनाउने भन्ने विषयमा औपचारिक निर्णय भने भइसकेको छैन । तथापि, बल्खुमै जग्गा रहेकाले त्यहीँ कार्यालय निर्माण हुन सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?