+
+

नेप्सेमा सूचीकृत कम्पनीहरुको वर्गीकरण, ३१ कम्पनी ‘ए’ वर्गमा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १८:१९

३ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले सूचीकृत कम्पनीहरुको नयाँ वर्गीकरण गरेको छ । नेप्सेले कम्पनीहरुलाई ए, बी, जी र जेड गरी ४ वर्गमा वर्गीकरण गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ पुस मसान्तसम्म अद्यावधिक विवरणअनुसार कम्पनीहरु वर्गीकरण गरेको नेप्सेले स्पष्ट पारेको छ ।

चुक्ता पूँजी कम्तीमा १ अर्ब रहेको, सूचीकरण भएको कम्तीमा ३ वर्ष पूरा भएको, विगत ३ आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरेको जस्ता शर्तहरु पूरा गर्ने कम्पनीहरु ए वर्गमा पर्ने गर्छन् । समग्रमा उत्कृष्ट सुशासन भएका कम्पनी ‘ए’ समूहभित्र पर्दछन् । सो ‘ए’ वर्गभित्र ३१ वटा कम्पनी परेका छन् ।

त्यस्तै चूक्ता पूँजी कम्तीमा ५० करोड भएका, सूचीकरण भएको ३ वर्ष पूरा भएको, विगत तीन आर्थिक वर्षमध्ये दुई आर्थिक वर्ष नाफा गरेको, संचित नोक्सानी नरहेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गरेको जस्ता शर्त पूरा गरेका कम्पनी बी समूहभित्र पर्दछन् । यस समूहभित्र नेप्सेले ३५ वटा कम्पनीलाई राखेको छ ।

त्यस्तै सूचीकृत भएको २ वर्ष पनि पूरा नभएका कम्पनी जी समूहमा पर्दछन् भने अघिल्ला ३ समूहमा नपरेका सबै कम्पनी जेड समूहमा पर्दछन् । जी समूहमा ७० र जेड समूहमा १३५ कम्पनीहरु परेका छन् ।

वर्गीकृत कम्पनीहरूको सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?