+
+
Shares

रसुवा बाढीका कारण रोकिएको नाटक ‘वीर गणेशमान’ पुनः मञ्चन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशीको बाढीपछि रोकिएको नाटक ‘वीर गणेशमान’ मंसिर ४ देखि १९ गतेसम्म कालिकास्थानको सर्वनाम थिएटरमा फेरि मञ्चन हुने भएको छ।

काठमाडौं । मञ्चन सुरु भएको केही दिनमै भोटेकोशीमा आएको बाढीका रोकिएको नाटक ‘वीर गणेशमान’ फेरि मञ्चन हुने भएको छ । मंसिर ४ गतेदेखि १९ गतेसम्म कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक मञ्चन गर्न लागिएहो हो ।

मञ्चनअघि निर्माण पक्षले नाटकको ट्रेलर युट्युबमा सार्वजनिक गरेको छ।

गणेशमान सिंह फाउन्डेसनको आयोजना र सर्वनामको प्रस्तुतिमा तयार भएको नाटकको परिकल्पना, नाट्य रूपान्तरण र निर्देशन वरिष्ठ रङ्गकर्मी अशेष मल्लले गरेका हुन् ।

नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे प्रदर्शन हुनेछ । शनिबार दिउँसो १ बजे अतिरिक्त शो राखिएको छ ।

सत्ता र शक्तिका अगाडि नझुकेका क्रान्तियोद्धा गणेशमान सिंहको जीवन र सङ्घर्षमा आधारित नाटकले १०३ वर्ष लामो राणाशासनविरुद्ध नागरिक अधिकारका लागि उनले देखाएको साहसलाई प्रस्तुत गर्छ । करिब दुई घण्टा लामो नाटकमा निर्देशक मल्लले आफ्नो ५० वर्षको नाट्ययात्रामा पहिलोपटक बिम्ब र प्रतीकको शैली छाडेर यथार्थपरक प्रस्तुति अँगालेका छन्।

वीर गणेशमानको भूमिका अभिनेता अभयराज बरालले निभाएका छन् । यसअघि भएको मञ्चनमा उनको अभिनयको निकै प्रशंसा भएको थियो । उनको अनुहारमा ठ्याक्कै गणेशमानकै आकृति झल्किएको प्रतिक्रिया दर्शकले दिएका थिए ।

नाटकमा नुषा लिङ्देन लिम्बू, माया मानन्धर, मीना पूर्णिमा, मनिष अर्याल, राम दाहाल, राजन मोक्तान, दुर्लभ सिंह कार्की, निश्चल डी इन्फिनिटी, रमेश वज्राचार्य, प्रदीप भट्ट, अरमान शाही, अनिश बोगटी, शिशिर घर्ती मगर, दिवस गौतम, भक्त श्रेष्ठ, निर्मल शाही, समीर आचार्य, शाश्वत सापकोटा, रुबिन सुनार र रोलेक्स राईको पनि अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?