+
+

सभापति देउवालाई शिवाकोटीको प्रश्‍न : प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबारे पार्टीको धारणा के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १८:००

४ फागुन, काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य  अजयबाबु शिवाकोटीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको सहकार्य लाभदायक नभएको अभिव्यक्तिबारे  पार्टी सभापति देउवासँग आधिकारिक धारणा के हो भनी माग गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य  शिवाकोटीले पार्टीको धारणा माग गरेका हुन् ।

उनले भने, ‘नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धनका बारेमा टिप्पणी गर्नुभएको छ। उहाँको केन्द्रीय समिति बैटकमा। खासगरी माओवादीका कार्यकर्ताभन्दा पनि चर्को कुरा गरेर प्रचण्डले आफ्नो अभिव्यक्ति दिनुभएको छ, यसबारेमा हाम्रो धारणा के हो?

प्रचण्डका अभिव्यक्तिमा सभापति शेरबहादुर देउवा र प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा कांग्रेसबाट नेतृत्व गरेर गएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको समेत उनले ध्यानाकर्षण गराए ।

‘महासमितिमा यसबारे कांग्रेसले छलफल गरोस् भनेर प्रधानमन्‍त्री प्रचण्डले यस्तो अभिव्यक्ति दिएको हो कि के हो ? यसका बारेमा हाम्रो महासमितिमा पेश गर्ने औपचारिक धारणा के हो?’ उनले प्रश्‍न गरे ।

गत माघ ११ गते भएको राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएको प्रसंग निकाल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेससँगको सहकार्य लाभदायक नभएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?