+
+
आईसीसी विश्वकप लिग-२ :

नेपालले टस जितेर नेदरल्याण्डविरुद्ध बलिङ गर्दै, दीपेन्द्र खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ५ गते ८:४८

५ फागुन काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले टस जितेर नेदरल्याण्डसविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्दै नेदरल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । करण केसी र पवन सरार्फ बाहिर भएका छन् । दीपेन्द्रसिंह ऐरी र देव खनाल टिममा छन् ।

पछिल्लो पटक गत जुनमा जिम्बावेमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । सट बलमा नेपाललाई फसाउँदै डच टोलीले १६७ रनमा अल आउट गरेको थियो ।

हेड टु हेड

नेपाल र नेदरल्याण्ड्सबीच ओडीआईमा  ३ तीन ओडीआई खेल भएका छन् । नेपाल एक खेलमा जित्दा २ खेलमा हारेको छ ।

२०१८ मा नेपाल पहिलो खेलमा ५५ रनले पराजित हुँदा दोस्रो खेलमा १ रनले विजयी भएको थियो । गत जुनमा नेपाल ७ विकेटले पराजित भएको थियो ।

नेपालको टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, ललित राजवंशी र देव खनाल ।

बेन्च – करण केसी,  सूर्य तामाङ, पवन सरार्फ र आरिफ शेख ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?