+
+

बैकिङ कसुरसम्बन्धी विधेयकमा संशोधन दर्ता गराउन समय खुला

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १६:०४

४ फागुन माघ, काठमाडौं । प्रतिनिधि सभामा प्रस्तुत बैकिङ कसुर तथा सजाय सम्बन्धी विधेयकमा संशोधनका लागि समय खुला भएको छ ।

आइतबार प्रतिनिधि सभाले यो विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यो सँगै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरुले ७२ घण्टाभित्र विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न सक्ने जानकारी गराएका छन् ।

सांसदहरुको संशोधन प्रस्ताव दर्ता भएपछि प्रतिनिधिसभा बैठकले यो विधेयकमाथि सदनमै छलफल गर्ने वा संसदीय विषयगत समितिमा दफावार छलफल चलाउने भनी निर्णय लिन्छ ।

अर्थ मन्त्रालयका अनुसार चेक अनादर सम्बन्धी विषयलाई सम्बोधन गर्न यो विधेयक ल्याइएको हो । १० लाख रुपैयाँ भन्दा बढी रकम बैंकमा जम्मा गर्दा स्रोतको खोजी हुने भएकाले यो विधेयक सम्पत्ति शुद्धीकरणसँग समेत जोडिने भन्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले सबै कोणबाट हेरिनुपर्ने बताएका छन् ।

रास्वपाका सांसद विराजभक्त श्रेष्ठले वित्तीय सुशासन मुलुककै प्राथमिकतामा पर्नुपर्ने बताए । प्रस्तावित विधेयकको नाममै परिवर्तन गर्नुपर्ने र ‘वित्तीय सुशासन तथा सजाय सम्बन्धी ऐन’ भनी लेख्नु उपयुक्त हुने उनको राय छ ।

बैकिङ कसुर भनेको चेक अनादर मात्रै हो भन्ने झैँ गरी विधेयक आएको भन्दै उनले थपे, ‘साँघुरो गरी विधेयक आएको छ । जटिल समस्याहरुको समस्या सम्बोधन गर्नेगरी आएको छैन । चेक बाउन्सको मात्रै कुरा गरेर वित्तीय सुशासन हुँदैन ।’

जवाफमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रविधिको विषय पनि विधेयकमा समेटिएको बताए । दफावार छलफलमा विधेयकलाई थप समृद्ध बनाउन सकिने उनको जवाफ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?