+
+

कांग्रेसले संसदमा गृहमन्त्रीलाई बोल्न नदिने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १८:५५

२० चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीलाई जवाफ दिन नदिने भएको छ ।

प्रतिनिधिसभामा सांसदहरुले उठाएको विषयमा मन्त्रालयगत जवाफ दिने क्रम सुरु भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पनि आफ्नो मन्त्रालयसँग जोडिएका प्रश्नहरुको जवाफ दिने तयारी गरेका छन् । मंगलबार संसद बैठकपछि लामिछानेले आफूले जवाफ दिन पाउनुपर्ने बताएका थिए ।

तर सहकारी अनियमिततामा उनको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेस गृहमन्त्रीको जवाफ सुन्न तयार भएको छैन ।

मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकमा समेत यसबारे छलफल भएको थियो । समिति गठन नभएसम्म गृहमन्त्री लामिछानेको जवाफ नसुन्ने भन्दै कांग्रेसका एक नेताले भने, ‘हाम्रो मुद्दा सम्बोधन नभई गृहमन्त्रीले जवाफ दिने कार्यसूची आयो भने संसद अवरुद्ध हुन्छ ।’

२ चैतमा सभामुखले गृहमन्त्री लामिछानेलाई राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्न अनुमति दिँदा पनि कांग्रेस सांसदहरुले वेल घेराउ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?