+
+

योजना माग्नेहरुका कारण मन्त्रालयहरु हाट बजारजस्ता भएका छन् : हरि ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १३:१९

१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले मन्त्रालयहरुमा योजना माग्नेहरुको भिडका कारण यसपटक पनि पुरानै प्रवृत्तिको बजेट आउने देखिएको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा संसदमा छलफल सकिएको स्मरण गर्दै उनले मन्त्रालयहरुमा बजेटको सिलिङको काम भइरहेको बताए । यही बेला योजना माग्नेहरुको मन्त्रालयमा भिड लाग्न थालेको बताए ।

‘मन्त्रालयहरुमा हाटबजार लाग्याजस्तो भएको छ योजना माग्नेहरुको’ सांसद ढकाल भन्छन्, ‘ती योजनाहरु प्रक्रिया पुगेर गएका छैनन् । लेटरहेडको चिर्कटो वा डायरीमा टिपेको चिर्कटो प्रस्तुत हुने गरेको छ ।’

हाल मन्त्रालयहरुमा देखापरेकै जस्तो शैलीका कारण योजनाहरु असरल्ल हुने गरेको र फेरि पनि पुरानै प्रवृत्ति दोहोरिन सक्ने भन्दै उनले मन्त्रीहरुको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?