+
+

पहिलो सन्तानलाई स्वागत गर्दै वरुण र नताशा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १६:२३

काठमाडौं । बलिउड अभिनेता वरुण धवन र पत्नी नताशा दलालले पहिलो सन्तानलाई जन्म दिन लागेको जनाएका छन् । इन्स्टाग्राममा ‘प्रेगनेन्सी अनाउन्समेन्ट’बारेको एक रोमान्टिक तस्वीर सेयर गर्दै उनीहरुले अभिभावक बन्न लागेको उल्लेख गरेका छन् ।

फोटोमा नताशालाई सेतो पहिरनमा बेबी बम्पसहित देख्न सकिन्छ । वरुणले घुँडाले भुईंमा टेक्दै गर्भवती नताशाको बेबी बम्पमा चुम्बन गरेका छन् । कुर्सी पछाडि उनीहरुको कुकुर जोय बसिरहेको देख्न सकिन्छ ।

करण जोहर, जान्ह्वी कपुर, कृति सेनन, सामन्था रुथ प्रभु लगायतले यो जोडीलाई बधाई दिएका छन् । यो खुसीको समाचारमा वरुणलाई फ्यानले पनि बधाई र शुभकामना दिएका छन् । बाल्यकालदेखिका साथी वरुण र नताशाले गत वर्षको जनवरी २४ मा विवाहमा परिणत गरेका थिए ।

कामको कुरा गर्दा वरुण पछिल्लोपटक जान्ह्वी कपुरसँगको फिल्म ‘बवाल’मा देखिएका थिए । वरुणको आगामी फिल्ममा एट्ली निर्देशित ‘बेबी जोन’ छ । यो फिल्म मे ३१ मा प्रदर्शन तयारीमा छ । यसबाहेक वरुण हलिउड सिरिज ‘सिटाडेल’को हिन्दी संस्करणमा सामन्थासँग देखिंदैछन् ।

प्रेग्नेन्सी घोषणापछि उनीहरु सोमबार मुम्बई र गोवा विमानस्थलमा देखिए । यो जोडी गोवामा बिदा मनाउन निस्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?