+
+

बर्लिनमा इतिहास रचेको नेपाली फिल्म ‘साम्बाला’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १७:०४

काठमाडौं । बर्लिन फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएर इतिहास रचेको नेपाली फिल्म ‘साम्बाला’को ट्रेलर सार्वजनिक भएको छ । ‘कालोपोथी’ फेम्ड मीनबहादुर भामको यो दोस्रो निर्देशकीय फिचर हो ।

फेब्रुअरी २३ मा बर्लिनमा विश्व प्रिमियर हुनुअघि यो ट्रेलर सार्वजनिक भएको हो । फिल्मका शीर्ष कलाकार थिन्ले ल्हामो र सोनम तोप्देन ट्रेलरमा छन् । यो फिल्मले नेपाली हिमालय क्षेत्रमा सेट गरिएको कथा पेश गर्छ ।

फिल्मले एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामी वैवाहिक सम्बन्धमा रहेकी एक महिला पेमालाई पछ्याउँछ । जब व्यापारका लागि गएका पुरुष फर्कंदैनन्, तब पेमाले आफ्नो गर्भमा रहेको बच्चालाई वैधता दिनको लागि उसलाई खोज्न थाल्छिन् ।

तिब्बती र नेपाली भाषामा बनेको यो फिल्ममा कार्मसहितका नेपाली कलाकार पनि छन् । हिमालय क्षेत्रको दृश्य जति सुन्दर छ, उति नै मानवीय संवेदनाको निर्ममता पनि कथामा पोतिएको छ । निर्देशक भामले ‘कालोपोथी’मा पनि हिमाल पठारको यस्तै दृश्य र कथ्यलाई सशस्त्र द्वन्द्वको सेटिङमा प्रस्तुत गरेका थिए ।

सुनी फिल्म्सले निर्माण गरेको यो फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार बेल्जियमको कम्पनी बेस्ट फ्रेन्ड फरेभरले लिएको छ । अभिनेत्री थिन्लेका लागि ‘नाका’पछि यो दोस्रो फिल्म हो । सोनमका लागि पनि ‘सम्हालिन्छ कहिले मन’पछिको दोस्रो प्रोजेक्ट हो । निर्देशक भामले सन् २०२४ भित्रै नेपालमा रिलिज गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?