+
+

हिन्दु राष्ट्रको अभियानलाई शशांकको पनि समर्थन !

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते ११:२८

८ फागुन, काठमाडौं । सनातन हिन्दु राष्ट्रको पक्षमा चलाएको अभियानमा नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पनि हस्ताक्षर गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठक स्थलमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर अभियान चलाएको छ । मंगलबार पूर्व महामन्त्री कोइरालाले पनि अभियानको पक्षमा हस्ताक्षर गरेका हुन् ।

यससँगै अभियानको पक्षमा हस्ताक्षर गर्ने कांग्रेस केन्द्रीय सदस्यको संख्या ३१ पुगेको छ । हालसम्म ४०० बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको अभियानका नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?