+
+

संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले लिनुपर्छ : उपसभापति खड्का

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते २०:५७

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने धारणा राखेका छन् ।

ललितपुरको गोदाबरीमा पार्टीको महासमिति बैठकको समापनमा उनले कांग्रेसले अन्य राजनीतिक दललाई विश्वासमा लिएर संविधान जारी गरेको स्मरण गर्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने समय आएको बताएका हुन् ।

संविधान जारी गर्ने बेला विभिन्न राजनीतिक दलहरूसँग गरेको प्रतिवद्धता बमोजिम संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ । ‘संविधान जारी गर्ने बेला सर्वसम्मति हुन नसकेको सत्य हो । संविधानमा सबैका सबै कुरा समेटिएका छैनन् । कतिपय क्षेत्र, वर्ग र समुदायका अधिकारका विषय छुटेका पनि छन्, कतिपय असन्तुष्टिहरू छन्’, उनले भने ‘संविधान जारी भई कार्यान्वयनमा आएको आठ वर्ष बितेको छ । अब संविधान कार्यान्वयनका समीक्षा गर्दै आवश्यक संशोधनका लागि कांग्रेसले वातावरण बनाउनु आवश्यक छ ।’

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका खड्काले कांग्रेसका तर्फबाट वर्तमान मन्त्रिपरिषदमा सहभागी नौ मन्त्रीले पार्टीले शीर झुकाउनु पर्ने गलत काम नगरेको उल्लेख गरे ।

‘सभापतिज्यूले मलाई विश्वास गरेर मेरो नेतृत्वमा नौ जना साथीलाई सरकारमा पठाउनुभएको छ, आजका दिनसम्म हामीले जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौं’, उनले भने, ‘म गर्वका साथ भन्नसक्छु हामीले जनता र पार्टीको शिर झुकाउनुपर्ने खालका कुनै पनि काम गरेका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?