+
+
वाफ वुमेन्स च्याम्पियनसिप २०२४ :

तथ्यांकमा नेपाल भर्सेस सिरिया

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १६:२१

८ फागुन, काठमाडौं । साउदी अरेबियाको जेद्दामा सुरु भएको वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा नेपालले आज सिरियाको सामना गर्दैछ ।

यो समूह ‘बी’ को पहिलो खेल रहेको छ । किङ अब्दुल्लाह स्पोर्टस सिटीमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७.४५ सुरु हुनेछ ।

नेपाल र सिरियाको खेलसँगै जोडिएका तथ्यांक यस प्रकार छन् ।

१. नेपाल आमन्त्रित टिमका रूपमा पहिलो पटक वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ खेल्दैछ । नेपालको समूह ‘बी’ मा इराक र प्यालेस्टाइन पनि रहेका छन् ।

२. नेपाली महिला राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको सन् १९८६ देखि हो र त्यसयता यो नेपालको ८५ औं खेल हुनेछ ।

३. नेपाल पहिलोपल्ट सिरियाविरुद्ध खेल्दैछ ।

४. नेपालले पहिलो पटक मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा खेल्दैछ । उनी नेपाली महिला राष्ट्रिय टिमका ११ औं प्रशिक्षक हुन् ।

५. सावित्रा भण्डारीले नेपालका लागि अहिलेसम्म ४२ गोल गरेकी छिन् । उनी सामु प्रतियोगिताका क्रममा नेपालका लागि ऐतिहासिक ५० औं गोलको उपलब्धि छुने अवसर हुनेछ ।

६. नेपाल आफ्नो पछिल्ला १० खेलमा जितविहीन रहेको छ । सन् २०२२ को साफ वुमेन्स च्याम्पिनयसिपमा भारतलाई हराएयता नेपालले १० खेलमा स्पष्ट जित निकाल्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?