+
+

प्रकाशशरणको दाबी : अर्थमन्त्री भएपछि अर्थतन्त्र सुधारेँ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १८:०५

८ फागुन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्र आफूले सुधारेको दाबी गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था विषयक प्रतिवेदन पेश गर्दै अर्थमन्त्री डा. महतले आफूले अर्थ मन्त्रालय सम्हालेपछि आर्थिक वृद्धि, स्रोतमाथिको चापको अवस्था र बाह्य क्षेत्र सुधार भएको दाबी गरेका हुन् ।

‘हाल आर्थिक वृद्धिले गति लिँदैछ । समष्टिगत अर्थतन्त्रका अधिकांश परिसूचकमा सुधार आएको छ । हालै अन्तर्राष्ट्रिय मुद्राकोषले गरेको प्रक्षेपणअनुसार सन् २०२५ मा ५.० प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ । १.८६ प्रतिशतको आर्थिक वृद्धिको अवस्थाबाट सो सुधार एउटा उपलब्धि उन्मुख संकेत हो’, उनले भने ।

अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम उल्लेख्य रहेको र कर्जाको व्याजदर एकल अंकतर्फ झर्ने क्रममा रहेको पनि अर्थमन्त्री महतले बताएका छन् । ‘लगानी वृद्धि गर्न बजेटको माध्यमबाट लिइएका सुधारका प्रयास र निजी क्षेत्रको मनोबल वृद्धि गर्न चालिएका कदमको कारण आर्थिक गतिविधिमा सुधार आएको छ’ अर्थमन्त्री महतले भनेका छन् ।

आफूले अर्थ मन्त्रालयको नेतृत्व गरेदेखि धेरै महत्वपूर्ण सुधारका काम भएको भन्दै महतले चालु खर्च नियन्त्रण गर्न र पूँजीगत खर्चको प्रभावकारिता बढाउन स्रोत साधन छर्ने प्रवृत्ति रोक्न आयोजना वर्गीकरणका आधार र मापदण्ड निर्धारण गरेको बताएका छन् ।

अर्थमन्त्री डा. महतले पर्यटक आगमन, होटल र रेस्टुरेण्ट, निर्माण, उत्पादन, खुद्रा र होलसेल व्यापार समेत बढेको महासमिति बैठकलाई जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?