+
+

फागुन १० देखि बुटवलमा प्रांगारिक कृषि मेला

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते २०:१४

८ फागुन, बुटवल । बुटवलमा फागुन १० गतेबाट राष्ट्रिय प्रांगारिक कृषि मेला सञ्चालन हुने भएको छ ।

बुटवल उद्योग बाणिज्य संघ र कृषि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजानमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा फागुन १४ गतेसम्म मेला हुने भएको हो ।

मेलामा रहने सय वटा स्टल मध्ये अधिकांश स्टललाई निःशुल्क गरिएको र दर्शकलाई प्रवेश पनि निःशुल्क गरिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।

मेला अवधिभर कृषक,कृषि उद्यमी र सर्वसाधारण गरी २० हजार जनाले अवलोकन गर्ने अपेक्षा लिइएको उनले बताए । मेलामा प्रदेशका बाह्र वटै जिल्लाका कृषि उपजको र असल खेती अभ्यासको प्रदर्शनी,आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी प्रदर्शनी हुने छ ।

यस्तै धान रोप्ने मेशिन, बाली काट्ने मेशिन, गोड्ने मेशिन, बेलर मेशिन, थोपा सिचाई, मौरी पालन प्रविधि, जैबिक मलको प्रदर्शन तथा च्याउ, दुध, कोदो,अण्डा, माछाका परिकार,तरकारी र फलफूलको विक्रि पनि हुने संघका पुर्व अध्यक्ष खिमबहादुर हमालले बताए ।

मेला अवधिमै जिवनाशक विषाधी प्रयोग प्रभाव र विकल्प,प्रांगारिक खेतीको लागि हालसम्मको प्रयास र उपलब्धी,मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती,कृषि बस्तुको बजारीकरण लगायत विषयमा विषयविज्ञको सहभागितामा अन्तरक्रिया र गोष्ठी हुने हमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?