+
+

अछामको वैद्यनाथ धाममा १४४ वर्षपछि कोटिहोम लाग्दै, आज राष्ट्रपतिले उद्घाटन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते ७:२२

१० फागुन, धनगढी । अछामको वैद्यनाथ धाममा बिहीबारदेखि  कोटिहोम लाग्ने भएको छ ।

साफेबगर नगरपालिका-१ मा रहेको वैद्यनाथ धाममा १४४ वर्षपछि सुरु हुन लागेको कोटिहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन् ।

अगामी २५ फागुनसम्म चल्ने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल हेलिकप्टरमार्फत वैद्यनाथ धाम पुग्ने मूल आयोजक सिमितिले जनाएको छ ।

पौडेलले बिहान ११ बजे कोटिहोम (महाकुम्भ)को विधिवत् रूपले उद्घाटन गर्ने कार्यतालिका छ ।

वैद्यनाथ नेपालका चार धाम मध्येको एक धाम मानिन्छ । यो पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?