+
+

शशांक कोइरालाले भनेः धर्म निरपेक्षता गलत हो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १७:२७

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले धर्म निरपेक्ष मुलुक बनाएर गल्ती भएको बताएका छन् ।

ललितपुरको गोदावरीमा महासमिति बैठकको समापन समारोहमा पूर्वमहामन्त्री कोइरालाले कांग्रेसले धार्मिक स्वतन्त्रताको पक्षमा उभिनुपर्ने बताए । ‘धर्म न निपरेक्ष र न सापेक्ष हुन्छ । धर्म स्वतन्त्र हुन्छ’ कोइरालाले भने, ‘हाम्रो चार तारे झण्डामा एउटा धर्म स्वतन्त्रताको प्रतीक हो ।’

संक्षिप्त सम्बोधनमा कोइरालाले आफ्नो पिता बीपी कोइरालाको भनाइ समेत उदृत गरे । ‘मेरा आमा नित्य पुजा गर्नुहुन्थ्यो । मेरो पिता, बीपी कोइराला भन्नुहुन्थ्यो, त्यो उसको अधिकार हो, उसलाई जे गर्न मन लाग्छ त्यही गर्नुपर्छ’ शशांकले भने, ‘तर दुर्भाग्य धर्म निरपेक्ष बनाऔ । यो गलत हो ।’

पूर्वमहामन्त्री कोइरालाले चुनाव अगागडि गठबन्धन गर्न नहुने बताए । ‘पार्टी कमजोर छैन, गठबन्धन गर्नुपर्ने आवश्यकता देख्दिनँ । गठबन्धन आफ्नो साथीहरुसँग गर्नुहोस्’ उनले भने ।

चुनाव पछाडि सरकार बनाउँदा चाहिँ गठबन्धन हुने बताए । ‘चुनाव भन्दा पहिले गठबन्धन गर्नु दुर्भाग्य हो । गठबन्धन त चुनाव भइसकेपछि सरकार बनाउदाखेरी गर्नुपर्छ’, शशांककले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?