+
+

हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते २१:३७

१० माघ, हेटौंडा । थाहा नगरपालिकाको सिमभन्ज्याङमा बिहीवार दिउस परेको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

थाहा नगरपालिका वडा नम्बर–४ को पानोरमा रिसोर्टको मोड नजिकैबाट सिमभन्ज्याङतर्फको खण्डमा हिउँ जमेका कारण सडक अवरुद्ध रहेको स्थानीय होटल व्यवसायी अमित पाख्रिनले जानकारी दिए ।

पाख्रिनका अनुसार त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिकाको लेकाली बसिफाँट स्कूल मोड नजिकैबाट सिमभन्ज्याङतर्फ हिउँका कारण सवारी आवागमनका समस्या भएको हो । हिउँ पर्न रोकिएपनि रातको समयमा चिसो बढेका कारण हिउँ सडकमै जमेको छ ।

त्रिभुवन राजपथको सिमभन्ज्याङ सडक खण्डमा हालसम्म कुनै पनि सवारी जाम भने नरहेको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । सवारी साधनको चाप कम हुने भएकोले पनि हाल समस्या नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?