+
+

ब्याडमिन्टन टोलीको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १९:१०

११ फागुन, काठमाडौं ।  पाकिस्तान जाने १० खेलाडीसहित १७ सदस्यीय ब्याडमिन्टन टोलीलाई बिदाइ गरिएको छ ।

पाकिस्तानको इस्लामावादमा मार्च ३–७ तारिखसम्म हुने दक्षिण एसियाली रिजनल यु–१५ तथा यु–१७ जुनियर ब्याडमिन्टन प्रतियोगिताका साथै सोही दौरान हुने ब्याडमिन्टनको विभिन्न कार्यक्रममा सहभागी हुने टोलीलाई बिदाइ गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिँदै शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

यु–१७ टोली शनिबार पाकिस्तान जाने छ । यु–१७ को पुरुष खेलाडीमा कविर केसी, सुविन श्रेष्ठ र अमन डंगोल तथा महिलामा समृद्धि श्रेष्ठ र आस्ना श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतिस्पर्धाअघि खेलाडीले पाकिस्तानमै हुने प्रशिक्षण शिविरमा सहभागी हुने छन् ।

यु–१५ टोली फेब्रुअरी २ तारिखमा पाकिस्तान पुग्ने छ । पुरुष खेलाडीमा रिजन मगर, सुदेश राजकोटी र सदिप राई रहेका छन् । महिलामा रिहाना शेरचन र निभा राई छन् ।

प्रशिक्षकमा सन्जिव श्रेष्ठ र व्यवस्थापकमा मानबहादुर मल्ल रहेका छन् । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुरले लिडर्स मिटिङमा भाग लिने छन् ।

राजु श्रेष्ठ र राधेश्याम मचामसीले अम्पायर कोर्समा सहभागिता जनाउने छन् । गीताकुमार शाही र सन्ध्या थापाले जेन्डर इक्विटी एन्ड वोमन्स इम्पावरमेन्ट वर्कसपमा सहभागी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?