+
+

‘गल्फ एन्ड बियोन्ड’ चैत पहिलो साता पोखरामा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १९:१५

११ फागुन, पोखरा । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ ।

देशभरका प्रमुख कर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने कार्यक्रमको उद्देश्य छ । कार्यक्रमको प्रमुख प्रायोजक एनसेल रहेको छ । सह–प्रायोजक बीवाईडी रहेको छ ।

गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहआयोजनमा गरिँदै छ । पोखरा पर्यटन परिषद् तथा युवा उद्यमी परिषद् पोखरा च्याप्टर कार्यक्रममा साझेदार संस्थाका रूपमा जोडिएका छन् ।

देशभरबाट करिब १२० पोखरामा हुनेन गल्फ प्रतियोगिताको प्रतिस्पर्धामा सहभागि हुनेछन् ।

प्रतियोगिताका अल–राउन्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरूप प्राप्त गर्नेछन् । यस्तै होल इन वन गर्ने खेलाडीलाई बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार राखिएको छ । अन्य विजयीले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

बाह्रखरीले यसअघि पनि पोखरामा यो प्रतियोगिता आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?