+
+

‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ निफको ओपनिङ फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते ११:३२

काठमाडौं । गायिका आनी छोइङ डोल्माको जीवनी प्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ फिल्म हुने भएको छ ।

फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित उक्त डकुमेन्ट्री फिल्म महोत्सव उद्घाटनसँगै देखाइने बताए । डोल्माको सांगीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई डकुमेन्ट्रीले प्रस्तुतिको विषय बनाएको छ । निर्देशक लिनले सो डकुमेन्ट्री आनीको स्वतन्त्रताको खोजीको रुपमा केन्द्रित रहेको बताएकी छिन् ।

हङकङको सिटी युनिभर्सिटीमा आमसञ्चारकी प्राध्यापक लिनले डोल्मालाई ७ वर्ष पछ्याएर डकुमेन्ट्री तयार गरेकी हुन् । सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाको लागि आनीले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि डकुमेन्ट्री बनाउने सोच पलाएको र यसको ५ वर्षपछि काम थालेको लिनले अन्तर्वातामा बताएकी छिन् ।

७ वर्ष लगाएर बनाएको डकुमेन्ट्री अहिले विश्वका फिल्म फेस्टिभलमा आकर्षणको केन्द्र रहँदै आएको छ । यो डकुमेन्ट्रीले गतवर्ष वार्सा इन्टरनेसनल फिल्म फेस्टिभलमा एसियन प्यासिफिक अडियन्स अवार्ड र नेटप्याक अवार्ड जितेको थियो । यो डकुमेन्ट्री निफमा पनि माउन्ट एभरेस्ट अवार्डका लागि प्रतिस्पर्धामा छ । यो विधामा देश विदेशका १३ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा छन् । विजयी हुने फिल्मले १ हजार अमेरिकी डलर नगद राशिको माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्नेछ ।

चैत १ देखि ५ गतेसम्म आयोजना हुने महोत्सवमा यो वर्ष ४० मुलुकका ८८ फिल्म प्रदर्शन हुँदैछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ ।

महोत्सवमा प्रदर्शन हुने फिल्म क्यूएफएक्स सिनेमाज्का हलहरु सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?