+
+

बलिउड अभिनेता अनुपम खेरले गरे नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १२:५७

काठमाडौं । बलिउड अभिनेता अनुपम खेरले नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रशंसा गरेका छन् । आइतबार इन्स्टाग्राम स्टोरीबाट फिल्मको पोस्टर सेयर गर्दै उनले ट्रेलर मनपरेको उल्लेख गरेका छन् ।

निर्देशक मिलन चाम्सलाई ट्याग गर्दै उनले लेखेका छन्, ‘ट्रेलर निकै मनपर्‍यो । नेपाल ।’ उनले यो स्टाटसमा ताली बजाएको इमोजी पनि उल्लेख गरेका छन् ।

चाम्स निर्देशित फिल्म गोर्खा वारिअर शुक्रबारदेखि नेपालसहित विदेशमा समेत रिलिज भएको छ । यो फिल्मले सन् १९४८ देखि १९६० सम्म चलेको मलाया संकटकालको बेला स्वतन्त्रता लडाकुहरुले बेलायती उपनिवेशविरुद्ध थालेको सशस्त्र विद्रोहको कथा प्रस्तुत गर्छ ।

यो जंगल सर्भाइभल फिल्मले मलाया लडाकुले कब्जामा लिएका ब्रिटिस गोर्खा सैनिकलाई मुक्त गर्न प्रमुख पात्रले गरेको वीरतापूर्ण लडाइँको कथा पेश गर्छ । फिल्ममा रितेश चाम्सले शीर्ष भूमिका निर्वाह गरेका छन् ।

बलिउड अभिनेता खेर नेपाल निकट बलिउड अभिनेता मानिन्छन् । बारम्बार नेपाल आइरहने उनले नेपाली संस्कृति, फिल्म र मानिसको प्रशंसा गर्ने गरेका छन् । गत वर्ष उनको प्रमुख भूमिका रहेको फिल्म ‘द कश्मीर फाइल्स’ नेपालमा पनि रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?