+
+

उपचुनाव घोषणासँगै मतदाता नामावली संकलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १५:२९

१३ फागुन, काठमाडौं । प्रतिनिधि सभाको इलाम क्षेत्र-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचन आगामी वैशाख १५ गते घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले अर्को व्‍यवस्था नभएसम्मको लागि मतदाता नामावली दर्ता स्थगन गरिएको हो ।

आयोगको मतदाता नियमावली  ऐन, २०७३को दफा ४को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्‍यवस्था रहेको छ ।

इलाम क्षेत्र-२ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो ।

यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो ।

सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?