+
+

बल्छी धुर्बे र पुकुले गरे अष्ट्रेलियाको ओपेरा हाउसअघि ‘हल्का रमाइलो’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १६:४०

काठमाडौं । टेलिभिजन श्रृंखला ‘हल्का रमाइलो’का दर्शकले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको कथावस्तुमा नयाँ एपिसोड हेर्न पाउने भएका छन् । निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले अष्ट्रेलिया पुगेर सिरियलका दुई एपिसोड छायांकन गरेका छन् ।

यी दुई एपिसोड बल्छी धुर्बे र अर्की कलाकार पुजन घिमिरे ‘पुकु’ देखिनेछन् । उनीहरुले क्यारेक्टर पोशाकमै त्यहाँ सिरियल खिचेका छन् । सिड्नीको प्रसिद्ध पर्यटकीय थलो ओपेर हाउसअघि पनि उनीहरुले पात्र पहिरनमै श्रृंखला खिचे ।

अनलाइनखबरलाई प्राप्त तस्वीरमा उनीहरु ओपेरा हाउस अगाडि क्यारेक्टर गेटअपमै प्रस्तुत छन् । ‘हल्का रमाइलो’बाहेक उनले त्यहाँ ‘निर्मोहीको याद आउँछ झट्टै’ बोलको म्युजिक भिडियो पनि छायांकन गरे । यो गीतमा पुकुसहित उनी रोमान्टिक देखिएका छन् । यो गीतको कम्पोजर र एरेन्ज एचबीएन किस्मतले गरेका हुन् भने राजु सुनामले गीत लेखेका हुन् ।

यसबाहेक उनले त्यहाँ विद्यार्थीको वास्तविक समस्याबारेको सिरिज पनि खिचेका छन् । तीन साता लामो अष्ट्रेलिया बसाइपछि बल्छी धुर्बे र पुकु सोमबार काठमाडौं आउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?