+
+

साहित्यकार दुर्गालाल श्रेष्ठलाई ‘बूढानीलकण्ठ आजीवन साधना सम्मान’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १७:३९

काठमाडौं । साहित्यकार दुर्गालाल श्रेष्ठ ‘बूढानीलकण्ठ आजीवन साधना सम्मान-२०८०’ बाट सम्मानित भएका छन् । सम्मानस्वरुप उनलाई ५५ हजार ५५५ रुपैयाँ नगद राशि प्रदान गरियो ।

बूढानीलकण्ठ नगरपालिका आयोजक रहेको महोत्सवमा कवि दुर्गालाललाई जनप्रतिनिधिको उपस्थितिमा मेयर र उपमेयरद्वारा सम्मान गरिएको हो । उनलाई आजीवन नेपाली र नेपालभाषा साहित्यका लागि गरेका योगदानको कदर गर्दै सम्मान गरिएको व्यहोरा युवा कवि प्रज्ववल अधिकारीले पढेर सुनाएका थिए ।

१९९२ सालमा काठमाडौंमा जन्मिएका ८८ वर्षीय कवि श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्थाका कारण पुरस्कार पाएपछिको धन्यवाद मन्तव्य अडियोमा अभिव्यक्त गरे । अडियोमा भावुक हुँदै उनले भनेका छन्, ‘आफ्नै टोलको यो माया सँगाल्न पाउँदा जीवनमा सबैभन्दा बहुमूल्य वस्तुको उपभोग म गर्दैछु कि मलाई लाग्छ ।’

जनकवि तथा जगदम्बाश्री जस्ता पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका कवि दुर्गालाल पछिल्लो पुस्तामाझ आनी छोइङ डोल्माले न्ह्यू बज्राचार्यको संगीतमा गाएको ‘फूलको आँखामा फूलै संसार’का गीतकारका रूपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?