+
+

अपराधिक लाभ लिन खोजेको आरोपमा धनुषामा २ प्रहरी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते २२:०८

१३ फागुन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत दुई प्रहरी अपराधिक लाभ लिन खोजेको खुलेको छ । प्रहरी सहायक हवल्दार दिपेन्द्र कुमार राज र प्रहरी जवान रोशन कुमार यादवले आपराधिक लाभ लिन खोजेको खुलेको हो ।

आर्थिक लाभको लागि पीडितबाट बिभिन्न कम्पनीको ३१ वटा मोबाइल लिई फिर्ता गर्न भनी २ लाख लिएर फिर्ता नगरेको पाइएपछि मधेश प्रदेश प्रहरी कार्यालयमा जानकारी पाएको थियो ।

उक्त मोबाइल जनकपुरधाम उपमहानगरपालिका ७ स्थित पापमोचनी पोखरीको उत्तरतर्फ झाडीमा झोलामा राखेर लुकाई छिपाई राखेका अवस्थामा फेला परेको र लिएको २ लाख मध्येबाट ९५ हजार नगद बरामद भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुबै जना प्रहरीलाई पक्राउ गरी बरामद भएको सामानसहित जिल्ला प्रहरी कार्यालय धनुषामा अपराधिक विश्वाशघात र अपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए ।

उनका अनुसार आइतबार जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?