+
+

बैंकिङ क्षेत्रमा असुरक्षा बढ्यो : बैंकर्स संघ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १५:२६

१४ फागुन, काठमाडौं । नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रमा सुरक्षा चुनौती थपिएको जनाउँदै सरकारबाट सकारात्मक सहयोग आवश्यक रहेको स्पष्ट पारेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा  संघका अध्यक्ष सुनिल केसीले अनर्गल प्रचारले बैकिङ क्षेत्रप्रति भ्रम फैलिएका बेला सरकारबाट सकारात्मक सन्देश चाहेको बताए ।

‘लघुवित्तको ऋण तिर्नु पर्दैन भन्ने भ्रम छरिएको छ, बैंकहरु डुब्न लागे भन्ने भ्रम र हल्ला फैलाइएको छ तर सरकारबाट कुनै सपोर्ट भएको छैन’ उनले भने । ठूलो अर्थतन्त्र भएका मुलुकहरुमा पनि ब्याजदर बढ्ने क्रम रोकिएर स्थायित्व देखिन लागेको उदाहरण दिँदै उनले नेपालमा ब्याजदर सामान्य अवस्थाभन्दा पनि तल झरिसकेको बताए । ‘अमेरिकामा मुद्रास्फिति ३ प्रतिशत माथि छ र २ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ, रोजगारी सिर्जना र अर्थतन्त्रको ग्रोथ राम्रो रहेकोले त्यहाँ ब्याजदर घट्ने अपेक्षा गर्न सकिन्छ’ उनले भने ।

नेपाली बैंकिङ क्षेत्रको कुल निष्कृय कर्जा केही बढे पनि खुद निष्कृय कर्जा करिब १ प्रतिशत मात्रै रहेको केसीले बताए । ‘खुद तरल सम्पत्ति २९ प्रतिशत छ । पछिल्लो ४ वर्षदेखि लगातार रिटर्न अन इक्विटी घटेर पछिल्लो त्रैमासमा १० प्रतिशत भन्दा तल करिब ९ प्रतिशत छ’ उनले भने । हाल बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको र आगामी दुई त्रैमासमा अझै बढ्न सक्ने उनको भनाइ छ । ‘बैंकहरुको जोखिम प्रोभिजन बढेको छ, जुन आवश्यक पनि छ’ उनले भने ।

सरकारको स्टिमुलस प्याकेज सानोसानो क्षेत्रमा आउन नसक्दा र निर्माण क्षेत्रमा पनि समस्या हुँदा एसएमई र निर्माण क्षेत्रमा निष्कृय कर्जा बढेको केसीले बताए । यतिबेला सरकारबाट सकारात्मक सन्देश बैंकिङ क्षेत्रले चाहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?