+
+

परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १९:११

१४ फागुन, काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल भारत जाने भएकी छन् । भारतको पुणेमा २९ फेब्रुअरीदेखि २ मार्चसम्म आयोजना हुने आठौं एसिया इकोनोमिक डायलग (एईडी–२०२४) मा सहभागी हुन मंगलबार भारत जाने भएकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार लम्साल आठौं एसिया इकोनोमिक डायलग उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा परराष्ट्र सचिव लम्सालले दिल्लीमा भारत सरकारका विदेश सचिव विनय मोहन क्वात्रासँग समेत भेटवार्ता गर्नेछन् ।

एशिया इकोनोमिक डायलग भारतको विदेश मन्त्रालय र पुणे इन्टरनेशनल सेन्टरले संयुक्त रूपमा समसामयिक मुद्दाहरूमा आयोजना गर्ने वार्षिक बहुपक्षीय सम्मेलन हो ।

‘जीओ–इकोनोमिक्स च्यालेन्जेच इन एन एरा अफ फ्लक्स’ शीर्षकमा केन्द्रित भएर आयोजना हुन लागेको यस कार्यक्रममा विभिन्न देशबाट सहभागिता हुने जनाइएको छ ।

परराष्ट्र सचिव लम्साल १ मार्चमा काठमाडौं फर्कनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?