+
+

कर्णाली एक्सपो सञ्चालनको बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते २०:१९

१४ फागुन, सुर्खेत । वीरेन्द्रनगरमा सञ्चालन गर्न लागिएको तेस्रो कर्णाली एक्सपो-२०८० सञ्चालनका लागि बाटो खुलेको छ ।

सोमबार उच्च अदालतका मुख्य न्यायाधीश लोहित चन्द्र शाह र न्यायाधीश खड्कबहादुर केसीको संयुक्त इजलासले कानुनबमोजिम एक्सपो सञ्चालन रोक्न माग गर्द परेको रिटमा अन्तरिम आदेश नदिएको हो ।

‘तेस्रो कर्णाली एक्सपो २०८० फागुन १४ देखि २२ गतेसम्म सञ्चालन हुने स्थल खेलमैदान, मेला र महोत्सव गर्ने भन्ने रहेको र बालमन्दिर विद्यालयको पठन पाठन सकिएर मिति चैत १ गतेदेखि परीक्षा सञ्चालन हुने भन्ने देखिँदा यस अदालतबाट मिति भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनुपरेन । कानुन बमोजिम गर्नू’, आदेशमा भनिएको छ ।

यसअघि अधिवक्ता प्रकाशबाबु ऐडीले एक्सपोको आयोजक सुर्खेत उद्योग वाणिज्य संघ र वीरेन्द्रनगर नगरपालिकालाई विपक्षी बनाएर तेस्रो कर्णाली एक्सपो–२०८० सञ्चालन नगर्न अन्तरिम आदेश माग गर्दै रिट हालेका थिए ।

उक्त रिटमा फागुन ११ गते उच्च अदालतले महोत्सव रोक्न अल्पकालीन आदेश जारी गरेको थियो । सोमबारको इजलासमा निवेदकका तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, रिट निवेदक अधिवक्ता प्रकाशबाबु ऐडी, अधिवक्ताहरु दुर्गाप्रसाद सापकोटा, मातृकाप्रसाद खनाल, गीता कुमारी कोइराला, विनोदमणि भट्टराई, लबन न्यौपाने र शेरबहादुर खत्रीले बहस गरेका थिए ।

रिट निवेदनमा विपक्षी बनाइएको वीरेन्द्रनगर नगरपालिका लगायतको तर्फबाट अधिवक्ता कृष्णबहादुर हमाल, ध्रुबकुमार श्रेष्ठ र उत्तमप्रसाद आचार्यले बहस गरेका थिए ।

अदालतले एक्सपो सञ्चालनको बाटो खोलेसंगै मंगलबार बिहान ११ बजे महत्सोवको उदघाटन हुँने आयोजक सुर्खेत सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ ।

‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको आधारः प्राकृतिक श्रोत प्रांगारिक कृषि, संस्कृति, पर्यटन र उधोग हुन् पूर्वाधार !’ नारा दिइएको एक्सपोको मुख्य उद्देश्य कर्णालीको व्यापार तथा पर्यटन प्रवद्र्धन र प्रचारप्रसार संगै यहाँका संस्कृती, जडिबुटी र सम्भावनाको उजागर गर्ने रहेको संघका महासचिव भद्र भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?