+
+

जनकपुरबाट अपहरणमा परेका एक वर्षीय बालकको उद्धार, महिला पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १२:२२
प्रतिकात्मक तस्वीर ।

१५ फागुन, जनकपुरधाम । धनुषाको जनकपुरधामबाट अपहरणमा परेका  एक वर्षीय बालकको प्रहरीले उद्धार गरेको छ ।

जनपुरधाम उपमहानगरपालिका-२३ स्थित दिपक झाको घरमा डेरा गरी बस्ने २८ वर्षीय रुपेशकुमार झाको छोरा एक वर्षीय रुद्धाआंश झालाई प्रहरीले अपहरण मुक्त गरेको हो ।

गत फागुन १२ गते साँझ घरको प्यासेज खेलिरहेका बालक रुद्धाआंश बेपत्ता भएका थिए । बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका-३ स्थित बिभा देवी मण्डलको साथबाट बालकको उद्धार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी  दिए ।

स्थानीयले जकपुरधाम उपमहानगरपालिका-२४ बस्ने ४२ वर्षीया बिभा देवी मण्डलले बालक अपहरण गरेर लगेको प्रहरीलाई जानकारी दिएका थिए । खोजतलासको क्रममा उनीसँगै बालक फेला परेका हुन् ।

मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको डिएसपी अवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?