+
+

तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओद्वय न्यौपाने र गौतम पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १२:०२

१५ फागुन, काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।

उनीसँगै सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि पक्राउ परेको ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले अनलाइनखबरलाई बताइन् ।

प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंक सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको सिआईबी स्रोतले जनाएको छ ।

सेन्चुरी प्रभु बैंकमा गाभिएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओमा कार्यरत थिए । सेन्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारी पाएका थिए ।

लामो समय सीईओ नभए पनि नेपाल राष्ट्र बैंकले सीईओ नियुक्त गर्न दबाब दिएसँगै बैंक सञ्चालक समितिले न्यौपानेलाई नै सीईओको जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?