+
+

१४ अमेरिकी सहरमा नेपाली कमेडियनले गरे ‘कमेडी टूर’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १३:४७

काठमाडौँ । १४ नेपाली कमेडियनले ‘अब हाँस्छ अमेरिका’ नामक टूर टुंग्याएका छन् । फ्लाई नेपाको आयोजनामा भएको उक्त कमेडी टूरमा सन्दिप क्षेत्री, सुमन कार्की, भरतमणी पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सिम गौडेल, साजन श्रेष्ठ र सन्तोष थापाले प्रस्तुति दिएका थिए ।

विनोद अधिकारीको संयोजनमा उक्त टूर फेब्रुअरी २४ सम्म १४ अमेरिकी सहरमा आयोजना गरिएको थियो । नर्थ क्यारोलिना, मिचिगन, न्यूयोर्क, कनेक्टिकट, बोस्टन, रोचेस्टर, टेक्सस, लस-एन्जलस, सनफ्रान्सिस्को, भर्जिनिया, पेन्सिलभेनिया, मेरिल्याण्ड, कोलम्बसमा कमेडी टूर आयोजना गरिएको थियो ।

हिमपात र चिसोले आवागमनमा कठिनाइको चुनौतीबीच सफलतापूर्वक कार्यक्रम गरिएको संयोजक अधिकारीले बताए । उनका अनुसार न्यूयोर्क, भर्जिनिया र मेरिल्याण्डको बाल्टिमोरमा आयोजित कार्यक्रममा अमेरिकी सरकारको निकायले नेपाली कलाकारलाई सम्मान समेत प्रदान गरेका थिए ।

कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहण सम्बन्धी डकुमेन्ट्री ‘एभरेस्टमेन’का निर्देशकसमेत रहेका अधिकारीले भने, ‘यो कार्यक्रमले परदेशलाई घरदेशसँग जोडेको छ । कोभिड महामारीपछि हामीलाई चाहिएको ताजगी यो कार्यक्रमले पूरा गरेको छ ।’ उनले आउँदो समयमा फ्लाई नेपामार्फत यस्तै मनोरन्जनात्मक कार्यक्रम गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?