+
+
नेपाल भर्सेस नेदरल्याण्ड्स :

नेपालको प्लेइङ-११ मा दुई परिवर्तन, अभिनाश बोहरा बेञ्चमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते ११:२०

१६ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलका लागि टोलीमा दुई परिवर्तन गरेको छ ।

ललित राजवंशी र प्रजिश जिसी नेपालको प्लेइङ ११ मा छन् । अभिनाश बोहरा र विवेक यादव बेञ्चमा छन् ।

नामिबियासँग ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिएका अभिनाशलाई बाहिर राखेको छ ।

अभिनाशलाई बाहिर राख्दा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसीलाई मौका दिएको छ ।

प्रतिशले आज डेथ ओभरमा बलिङ गर्नुपर्ने हुन्छ । तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता समेत राख्छन् । ललित भने नेपालका प्रमुख स्पिनर हुन् । विवेक नामिबियाविरुद्ध ६ रनमा क्याच आउट भएका थिए ।

स्पिन बलिङ आक्रामण मजबुत बनाउन विवेकलाई बाहिर राखेर ललितलाई खेलाएको छ ।

पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, प्रतिश जि।सी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?