+
+

सडक पेटी खनेर अलपत्र छाड्नेलाई महानगरले तिरायो १ लाख जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १५:२०

१६ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटी खनेर अलपत्र पार्ने व्यक्तिलाई एक लाख रुपैयाँ जरिबाना तिराएको छ ।

काठमाडौं महानगरपालिका-१३ का दीपककुमार कादमीयनलाई सडक पेटी भत्काएर अलपत्र अवस्थामै छाडेको पाइएपछि सो जरिबाना तिराइएको महानगरले जनाएको छ ।

‘कामका लागि सडक पेटी भत्काएपछि जस्ताको त्यस्तै बनाएर छोड्नुपर्छ । भत्काएर भद्रगोल बनाएर छाड्नु भएन नि,’ महानगरले प्रहरीले भनेको छ, ‘त्यही भएर उनलाई जरिबाना तिराएका हौं ।’

महानगरले यस अगाडि फोहोर जथाभावी फाल्ने, सडकपेटीमा सामग्री थुपार्नेलाई जरिबाना तिराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?