+
+

मेयर बालेनले ‘टर्चर’ दिएको महिला कर्मचारीको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १८:४९
बायाँबाट क्रमशः मेयर बालेन साह र सस्मिता घिमिरे ।

१६ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाकी एक महिला कर्मचारीले मेयर बालेन साहले आफूलाई मानसिक याताना दिएको आरोप लगाएकी छिन् ।

महानगरकी वरिष्ठ कानुन अधिकृत (आठौं तह) सस्मिता घिमिरेले मेयर साहले आफूलाई लामो समयदेखि जिम्मेवारविहीन बनाएर ‘टर्चर’ दिएको आरोप लगाएकी हुन् ।

महानगरको कानुन विभागमा दरबन्दी आवश्यक हुँदा समेत आफूलाई नराखेर मेयर बालेनले आफ्ना नजिकका मान्छेलाई राखेको उनको आरोप छ ।

घरमा बस्दा जागिर जाने डरले कार्यालयमा हाजिर गरेर फर्किनु पर्ने बाध्यता रहेको उनको गुनसो छ ।

‘अफिस जाउँ भने कुर्सी टेबल केही छैन, नजाउँ भने सानो गल्तीले जागिर जान्छ । प्रशासनमा चरम राजनीति छ । मेयरले आफ्नो कार्यालयमा के भइरहेको छ भनेर हेर्नुपर्ने हो । तर हेरेका छैनन्,’ अनलाइनखबरसँग उनले गुनासो गर्दै भनिन्, ‘मेरो एउटै माग भनेको मलाई पदीय जिम्मेवारी दिनुपर्छ भन्ने हो । अरु केही होइन ।’

उनले सामाजिक सञ्जालमा स्टाटस राखेर आफूमाथि अन्याय भएको बताएकी छिन् ।

सचिवालय भन्छ : थाहा छैन, बुझ्दै छौं

मेयर साहको सचिवालयले भने यो विषयमा थाहा नभएको भन्दै स्टाटस आएपछि बुझ्ने काम भइरहेको जनाएको छ ।

‘मेयर ज्यूले त उहाँलाई चिन्नुपनि हुँदैन होला । उहाँले भनेको विषयमा बुझिरहेका छौं । अब मानसिक दबाब, तनावको कुरा त कसले गर्छ र ?,’ बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अनलाइनखबरसँग भने ।

उनले यसो किन भनेको विषयमा अनभिज्ञ रहेको भन्दै शाहले बुझेर मात्रै बोल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?