+
+

होली उत्सवमा मेयर बालेन साहको र्‍याप

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १७:३९

११ चैत, काठमाडौं । काठमाडौं महनागरपालिकाका मेयर बालेन साहले दरबारमार्गमा आयोजित होली उत्सवमा र्‍याप गाएका छन् ।

फागु पूर्णिमाको अवसर पारेर दरबारमार्गमा आइतबार आयोजित कार्यक्रममा मेयर साहले र्‍याप गाएका हुन् ।

महानगरपालिका-१ र स्थानीय क्लबहरूको आयोजनामा सहभागीले र्‍याप गाउन पटक पटक आग्रह गरेपछि उनले छोटो र्‍याप गाएका हुन् ।

‘आफ्नै कार्यक्रम सफल बनाउन होलीको सेलिब्रेसन गर्नुभएको हो । दरबार मार्गमा बालेन सहित अन्य कलाकार पनि कन्सर्टमा सहभागी छन्,’ बालेनको एक सचिवालय सदस्यले भने ।

छोटो र्‍याप हानेपछि उनले भीडमा सहभागीलाई सोधे, ‘यहाँ कति बजेसम्म बस्नुहुन्छ तपाईंहरू ? रातभरि बस्नुस्, काठमाडौंमा रातभरि होली मनाउन पाइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?