News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भीषण बाढीले त्रिशूलीको २२० केभी ३ बी हब सबस्टेसनसहित ६ वटा प्रसारण लाइन अवरुद्ध गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
- चिलिमे–त्रिशूली, समुद्रटार–त्रिशूली, चिलिमे हब–त्रिशूली ३ बी हब–मातातिर्थ र त्रिशूली–बालाजु प्रसारण लाइनमा क्षति भएपछि विद्युत् प्रवाह रोकिएको छ।
- प्राधिकरणले वैकल्पिक उपायबाट आंशिक रूपमा विद्युत् प्रणाली सञ्चालन गर्दै चौघोडा र धादिङबेँसी सबस्टेसनमार्फत आपूर्ति पुनः सुरु गर्ने प्रयास भइरहेको जनाएको छ।
१० भदौ, काठमाडौं । रसुवा भीषण बाढीबाट ६ वटा प्रसारण लाइन अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशूलीको २२० केभी सबस्टेसन पूर्णरूपमा क्षति भएको छ भने अन्य प्रसारण लाइनमा क्षति हुँदा विद्युत् प्रवाह अवरुद्ध बनेको हो । त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्णरूपमा क्षति पुगेको छ ।
चिलिमे २२० केभी हब टावर अवरुद्ध भएका कारण बन्द भएको छ । समुद्रटार–त्रिशूली १३२ केभी प्रसारण लाइन अवरुद्ध भएको छ । चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइन अवरुद्ध छ ।
चिलिमे हब–त्रिशूली ३ बी हब–मातातिर्थ २२० केभी प्रसारण लाइन अवरुद्ध छ । त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन अवरुद्ध छ । अन्य केही प्रसारण लाइनको टावरमा समस्या रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले वैकल्पिक उपायबाट सञ्चालन हुन सक्ने स्थानबाट आंशिक क्षेत्रमा विद्युत् प्रणाली सञ्चालन प्रयास भइरहेको जनाएको छ ।
यसै क्रममा सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली चालु भई चौघोडा सबस्टेसन सञ्चालन प्रयास जारी छ । गजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेँसी सबस्टेसन मार्फत विद्युत् आपूर्ति पुन: सञ्चालन गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया 4