+
+

गृह मन्त्रालयमा रवि र बालेन भेट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १९:५३

२२ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहसँग भेटवार्ता गरेका छन् ।

बुधबार दिउँसो महानगरपालिकाको सहकारी विभागले गृहमन्त्री पत्नी निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा छापा मारेको थियो । सोही समयमा गृहमन्त्री लामिछानेले मेयर बालेनलाई कार्यकक्षमा बोलाएर भेटेका हुन् ।

मेयर बालेनको सचिवालयले गृहमन्त्री लामिछानेसँग समसामयिक विषयमा भेट गरेको जनाएको छ । ‘महानगरको विषयमा छलफल भयो, ठमेल लगायत क्षेत्र चौबिसै घण्टा खोल्ने विषयमा पनि छलफल भएको थियो । गृहमन्त्रीकै निमन्त्रणमा भेट भएको हो,’ सचिवालयका एक सदस्यले भने ।

महानगरपालिकाले गृहमन्त्री पत्नी आबद्ध सहकारीमा छापा मार्नु र मेयर बालेनले गृहमन्त्री भेट्नुमा कुनै अन्तरसम्बन्ध नरहेको ती सचिवालय सदस्यले दाबी गरे ।

‘सहकारी विभागमार्फत अनुगमन, नियमन हुने कुरा मेयरले याद गरिरहने कुरा पनि भएन, हिजै त्यहाँ अनुगमन छ भन्ने थाहा पनि थिएन,’ ती सदस्यले भने, ‘नयाँ सरकार आएपछि राजधानीको मेयर भेट्ने कुरा भइहाल्यो । हिजोको संयोग मात्रै हो ।’

अनुगमन समितिका एक सदस्यका अनुसार २०७६/७८ मा निकिता पौडेल उपाध्यक्ष हुँदा उक्त सहकारीको महत्वपूर्ण कागजात फेला परेको थिएन ।

काठमाडौं महानगरपालिकाले गृहमन्त्री लामिछानेकी पत्नी निकिता पौडेल निवर्तमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको थियो ।

महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा ‘रेकी’ गरिरहेको सहकारीमा बुधबार विभागका कर्मचारी, महानगर प्रहरी सहित टोलीले छापा मारेको थियो ।

महानगर अनुगमन टोलीका एक सदस्यका अनुसार बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याइएको छ ।

यस्तै धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ । सहकारीको सफ्टवेयर सिस्टम पनि महानगरको टोलीले ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?